आज राति १२ बजेदेखि कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य हुँदै

बुधबार, १६ असोज २०८१, ०८ : ५४

काठमाडौं - कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिएकी छन् ।

 प्रदेशसभाको चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको सभामुख गुरुङले बताइन्।

मुख्यमन्त्री यामलाल कँडेलले अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । 

बुधबार, १६ असोज २०८१, ०८ : ५४

प्रतिक्रिया