राप्ती लाइफ केयरले ज्येष्ठ नागरिकलाई सहुलियत दिने

बुधबार, १६ असोज २०८१, ०९ : २७

काठमाडौं  - तुलसीपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालले ज्येष्ठ नागरिकको उपचारमा कम्तिमा १० देखि २५ प्रतिसतसम्म छुट दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले १० देखि २५ प्रतिशतसम्म सुविधा स्वीकार गर्दै सम्झौता गर्न ज्येष्ठ नागरिक समाजलाई औपचारिक रुपमा आह्वान गर्नुभयोगरेका छन् । ‘निजी अस्पतालका आफ्नै समस्याहरु भए पनि सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्देश्यका साथ यो कार्यक्रमबाट ६० वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई अस्पतालबाट दिइने सुविधामा १० देखि २५ प्रतिशतसम्म छुट दिने घोषणा गर्छु’– उनले भने । त्यसबाहेक बिपन्न र सहारा बिहीन अवस्थाका एकल तथा दम्पती, ज्येष्ठ नागरिकलाई भने ज्येष्ठ नागरिक समाजको सिफारिसमा सम्पूर्ण छुट उपलब्ध गराइने उनको प्रतिबद्धता थियो ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरु पूर्णबहादुर खड्का, कृष्ण केसी, शेषमणि रिजाल, गोवद्र्धन गौतम, भीष्मप्रसाद अधिकारी, केशव डाँगी, नेत्रमणि शर्माले ज्येष्ठ नागरिकका लागि भएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षका बारेमा ध्यानाकर्षण गराएका थिए। शान्ति समाजका निवर्तमान वरिष्ठ उपसभापति सुशील बस्नेतले ज्येष्ठ नागरिक सम्बन्धी कानुनी ब्यवस्थाका बारेमा जानकारी गराएका थिए।
 

बुधबार, १६ असोज २०८१, ०९ : २७

प्रतिक्रिया