काठमाडौं - हिजो साँझदेखि भारी वर्षा भइरहेको र भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेकाले कोशी प्रदेशमा बाढी र पहिरो जाने जोखिम रहेको मौसमविदहरुले बताएका छन् ।
यसअघि असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पु¥याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ । बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३।४ मिलिमिटर वर्षा मापन भइसकेको छ । त्यहाँ २४ घण्टादेखि नै वर्षा भइरहेको छ ।
त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।
मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ ।
प्रतिक्रिया