शिवम् सिमेन्ट्सको स्वतन्त्र सञ्चालकमा ढकाल नियुक्त

बुधबार, १६ असोज २०८१, १२ : ००

काठमाडौँ - शिवम् सिमेन्ट्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा शिरोमणी ढकाल नियुक्त भएका छन् । 

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा ढकालललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई हाल रिक्त रहेको स्वतन्त्र सञ्चालक पद १ मा बाँकी अवधिका लागी नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
 

बुधबार, १६ असोज २०८१, १२ : ००

प्रतिक्रिया