काठमाडौँ- सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।
पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले राससलाई जानकारी दिए ।
उनका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि मध्यम वर्षा भइरहेको छ । आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताए ।
विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो ।पुनर्स्थापनालगायतका कार्यक्रमहरू मातहतका निकायबाट प्रस्ताव गर्न निर्देशन भएको छ। ‘मन्त्रालयको आयोजनामा खाद्य सुरक्षा क्लस्टरको बैठक बसी सम्पूर्ण साझेदार संस्थाद्वारा खाद्य सुरक्षा क्षेत्रमा तत्काल गरिरहेको कार्य र दीर्घकालीन रूपमा गर्नुपर्ने पुनर्स्थापनाका कार्यहरूको बारेमा छलफल भएको छ,’ मन्त्रालयले भन्यो।
मन्त्रालयले साझेदार संस्थाहरूलाई सम्पूर्ण राहत वितरणका कार्यक्रमहरू एकद्वार प्रणालीबाट सम्बन्धित पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा वितरण गर्न अनुरोध गरेको छ। उक्त संस्थाहरूबाट तत्काल राहत वितरण गर्न तयारी अवस्थामा रहेको भए पनि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त नभएकाले वितरण गर्न नसकिएको र प्रभावितलाई छिटो राहत वितरण गर्न तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको मनत्रालयको भनाइ छ।
प्रतिक्रिया