कति पुग्यो कालिमाटीमा तरकारीको भाउ?

विहीबार, १७ असोज २०८१, ०९ : ५२

काठमाडौ । बिहीबार कालीमाटी बजारमा साग र तिते करेला महँगिएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०० रुपैयाँकिलो रहेको तिते करेला आज ११० रुपैयाँ पुगेको छ । त्यस्तै रायो साग अघिल्लो दिन प्रतिकिलो ९० रुपैयाँ रहेकोमा आज १२० रुपैयाँ पुगेको छ । पालुगो साग १०० बाट १२० रुपैयाँ पुगेको छ ।

स्थानीय काउली तथा बन्दा केही सस्तिएको छ । अघिल्लो दिन स्थानीय बन्दा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएकोमा आज ७० रुपैयाँमा झरेको छ । त्यस्तै काउली ८० बाट ६० मा झरेको छ ।


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन इस्कुस ४०, भन्टा ६०, तने बोडी १३०, घिउ सिमी १४०, टाटे सिमी ९०, लौका ८०, परवर १२०, चिचिन्डो ८०, घिरौंला १००, भिण्डी १४०, पाकेको फर्सी ६०, हरियो फर्सी ७०, बरेला (चुच्चे करेला) अधिकतम १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

विहीबार, १७ असोज २०८१, ०९ : ५२

प्रतिक्रिया