काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयमा रजिष्टारको पद असोज १२ गतेदेखि रिक्त रहेको छ । रजिष्टार नियुक्तीको लागि उपकूलपतिले कूलपति समेत रहेका प्रधानमन्त्रीलाई सिफारिश गर्ने मप विश्वविद्यालयको ऐनमा व्यवस्था गरिएको छ । तर उपकूलपतिले यसो नगरी कार्यकारी परिषदबाट तीन सदस्यीय रजिष्टार सिफारिश समिति गठन गरे ।
त्यसपछि रजिष्टारको पद पूर्ति गर्नको लागि वैयक्तिक विवरण (CV) र Vision Paper मागेर विज्ञापन गरियो । साथै १० वर्ष सेवाको अनुभव भएका सह प्रध्यापक र प्राध्यापकले मात्र रजिष्टारमा आवेदन गर्न सक्ने सूचनामा उल्लेख गरियो । कति जनाले दर्खास्त हाले सिफारिश समितिले सार्वजनिक गरेन । समितिले एकैचोटी असोज १६ गते १३ जना अल्पसूचि (Short List ) मा परेको र कार्तिक १३ र १४ गते प्रस्ततुतिकरण तथा अन्तर्वार्ताका लागि काठमाडौंमा उपस्थित हुने सूचना जारी गरेको छ ।
समितिले प्रकाशित गरेको सूचनामा आवेदन गर्नै मध्ये कति जना प्राध्यापक र कति सह प्राध्यापक छन् भन्ने खुलाइएको छैन । कसैको नामको अगाडि उनीहरुको उपाधि लेखिएको छैन । जबकी विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठित उपकूलपति सिफारिश समितिले भने उपाधी उल्लेख गरेर सूचना जारी गरेको रजिष्टार पदका आवेदकमध्ये एकले आजको अर्थलाई बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ समितिको यो तरिका ठीक भएन । विश्वविद्यालय जस्तो संस्थाले गरेको सूचनामा प्राध्यापकहरुको मान मर्दन हुनु दुखद हो । कतिले आवेदन गरे भन्ने पनि समितिले सार्वजनिक गरेन । समितिको कामकारबाही पारदर्शी हुनुपर्ने हो ।’
समितिले आवेदकहरुको उपाधि नखुलाए पनि आजको अर्थले प्राप्त गरेको सूचना अनुसार उक्त विज्ञापनमा पाँच जना प्रा.डा. र आठ जना सह प्राध्यापकहरुले दरखास्त हालेका थिए । जसको सूचि यस प्रकार रहेको छ :
१. डा. अमृतकुमार शर्मा गैरे
२. डा. आनन्दप्रसाद सुवेदी
३. डा. अर्जुनबहहादुर अयडी
४. डा. विनयकुमार दास
५. वीरबहादुर पौडेल
६. प्रा.डा देवबहादुर खड्का
७. प्रा.डा. केशवदत्त अवस्थी
८. डा. लालमणि आचार्य
९. डा. महादेव भगत
१०. डा. पूर्णमान श्रेष्ठ
११. प्रा.डा. शान्तिकृष्ण अधिकारी
१२. प्रा.डा. शोभाखर कँडेल
१३. प्रा.डा. यमबहादुर कार्की
आवेदकहरुमध्ये सात जना मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत छन् । जसमा गैरे,सुवेदी,अयडी,दास,पौडेल,श्रेष्ठ र कार्की रहेका छन् । कार्की बाहेक सबै सह प्राध्यापक रहेको बुझिएको छ ।
सिफारिश समितिले प्रकाशित गरेको सूचना भने यस्तो छ :
प्रतिक्रिया