सानिमा सेक्यूरिटीजले बोलायो कात्तिक १३ गते वार्षिक साधारणसभा

विहीबार, १७ असोज २०८१, १३ : ५१

काठमाडौँ - सानिमा सेक्यूरिटीज लिमिटेडको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले  साधारणसभा बोलाएको  छ ।

सभा कात्तिक १३ गते काठमाडौंको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका साथै सोको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।

साथै, सभामा दोश्रो वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

विहीबार, १७ असोज २०८१, १३ : ५१

प्रतिक्रिया