काठमाडौं - शुशिल गौतम परिवारले देखाउने दाँतको क्लिनिक तर क्लिनिकको आवरनमा विगत सात वर्ष देखि सोझा सिधा व्यक्तिहरुलाई लुट्ने धन्दा गरिराखेकोे समाचार प्राप्त भएको छ । उक्त लुटको मुख्य योजनाकार सुशिल गौतम हुन्।
क्लिनीकमा गएका ग्राहकसँग बावु शुशिल गौतम नजिक हुने र ग्राहक नजिक हुन नखोजे देखि लामो समय क्लिनीकमा आउन बाध्य बनाउने र लामो समय यसरी क्लिनीकमा आउजाउ गर्दा नजिकिने वातावरण सिर्जना गर्ने काम शुशिल गौतमले गर्ने गर्दछन् । अनि ग्राहकहरुको घरपरिवारमा विदेश गएका व्यक्ति कति छन्, कुन देशमा छन् भन्ने थाहा पाउने र ग्राहकको पिछा गर्दा गर्दा घरसम्म पुग्ने अनि मिलनसार सोझो देखाउने उसको काम भनेको एउटा ग्राहकको घरमा कम्तीमा पनि पचास पटक सम्म जाने आउने गरिराख्ने मेरो दातको क्लिनिक मात्र होइन दांत वनाउने फ्याक्ट्री नै छ भन्ने फेरि ग्राहकलाई फ्याक्ट्री सम्म पुर्याउने जसले गर्दा क्लिनिकमा आएको ग्राहकको मनमा यो गरिखाने मान्छे रहेछ भनि पार्ने अनि विहान दिउँसो बेलुका त्यो ग्राहकको घरमा नजिकैको साथी भन्दा माथी जसरी पुगिराख्न अनि हजुर मलाई मेरो दाँतको फ्याक्ट्री आलि ठूलो बनाउन पर्ने भयो सामान हाल्न पाए अझ ठूलो हुन्थ्यो भन्ने गर्दछन् ।
मेरो दाँतहरु विदेशमा समेत निर्यात हुन्छ अनि नेपालको नाम चलेका अस्पतालमा पनि जान्छ भनि भ्रम छर्ने अनि पैसा नपाय सम्म घरमा जतिपटक पनि आईरहने जब उसको हातमा पैसा पुग्छ त्यसपछि ग्राहकले सम्झन्छ , यस्तो भलादमी मान्छे भनि फोन गर्दा अब उसको फोन उठ्न गाहो हुन्छ। उसको क्लिनिकमा जाँदा बोल्नलाई पनि गाहोे भईसक्छ । अनि पैसा दिनेले पैसा माग्न थाल्दछ ८\१० महिना पछि उसले आलटल गर्ने भनि मैले धेरै नेता मन्त्री चिन्छ त्यस्तै, परे देखि तलाई यहीबाट पुलिसलाई जिम्मा लगाई दिन सक्छु भानि डर धम्कि र धाक लगाउन थाल्छ । त्यसपछि पैसा दिएका व्यक्तिहरुको जमात नै क्लिनिका आउँदा पो थाहा हुन्छ हामी त ठगिएछौ ।
क्लिनिकमा काम गर्ने वातावरण दिनुस म चेक दिन्छु भनेर उनको जेठो छोरो शुरेश गौतमले चेक काटी दिन्छन् । पैसा दिएको एक वर्ष पछि वल्ल पैसा दिनेले चेक प्राप्त गर्दछन् अनि पैसा आउने भयो भन्नि ढुक्क हँदा नहुदै शुशिल गौतमले मेरो छोरों हरायो भनि पुलिसमा उजुरी दिइसकेको हुन्छ । चेक साट्न जाँदा त त्यो शुरेश गौतमको प्रभु बैंकको पुतली सडक शाखामा कति कति बाउन्स चेक । यसरी चेक बाउन्स गरे पनि पैसा देउ तिम्रो चेक लैजाउ भन्दा परिवारले विभिन्न वाहाना वाजी गरेको पीडितहरु बताउँछन् ।
छोरोलाई भगाउने काम घर परिवारको रहेको र भाई साजन गौतम मामा पर्ने पौडेल थरका व्यक्ति र क्लिनिकमा जादाँ डाक्टर हुँ भनेर वस्ने हात्तिवन मेरो वसाइ भन्ने जैसवाल थरका व्यक्ति हुन् । जब शुरेश हरायो भनि पुलिसमा जाहेरी दिइन्छ । ती माथि उल्लेखित थरका व्यक्तिहरु हाम्रो पनि खायो लैजाउ अब के गर्ने भन्ने अनि आफ्नो लगेको रकमको १० प्रतिशत र २० प्रतिशत लिनु मिल्न पर्छ भनि व्यक्ति खटाउने काम शुशिल शुरेश, साजन र सरस्वति गौतम आदिले गर्ने ।
बाबु शुशिल गौतमको काम नै सधै ठगी खाने मात्र र परिवारको सदस्यलाई ठग्न पठाउने आने अरुको अगाडी म त सोझो मान्छे हजुर छोराले ठगेको ऋण मैले तिरेको छु भन्ने भ्रम फैलाउन सफल व्यक्ति उसले भन्दछ कि म मुटुको औषधी खाई रहेको छु भनि ठग्ने काममा निरन्तरता दिने व्यक्ति हो ।
पैसा माग्न जादा तलाई पुलिस डाकेर पठाउने हिम्मत छ भन्ने मेरा साथीहक देव गुरुङ्ग मेरो साथी । हो कसैले केही पनि गर्न सक्दैन र मेरो ससुराली तनहुका पौडेलहरु हुन् । यस्ता पैसा कति खाइन्छ कति । म सँग पुलिस छ भनि धम्कि दिने पनि गरिरहेको कुरा विभिन्न व्यकितबाट यो भन्दा अगाडी सञ्चार माध्यममा आइसकेको हो । त्यसपछि विभिन्न जिल्लाबाट पैसा ठगिएका व्यक्तिहरु न्याय पाइन्छ कि भनेर प्रमाण सहित आएका थिए ।
त्यसैगरि छोरा साजन गौतमले दातको उपचार गर्दा भएको दाँत पनि मुठारेर सानो बनाई दिएको छ । केही खान लाग्यो भनि तरतरी रगत आउने गिजा सुन्निन थालेको पैसाको सत्यानास र आफ्नो हेल्थ पनि खत्तम भएको भनि त्यो क्लिनिकमा उपचार गराएका कयौ व्यक्तिहले पहिलाको समाचार पढेपछि आफु पनि ठगिएको र उनीहलाई त चैकसम्म नदिई धम्काएको भनी पिडितले गुनासो गरेका छन् ।
अझ शुशिल गौतमले त अमेरिका अष्ट्रेलिया जापान क्यानडा भन्दा पनि राम्रो उपचार हाम्रो क्लिनिकमा हुन्छ । के हाम्रो छोराको सर्टिफिकेटमा अशङ्का ? एनएमसि नम्बर त केही होइन भन्दै उपचार गर्दै आएका छन् । एकजना दाँतको विरामीको त एउटा दाँत फुकाल्न आएको व्यक्तिको अर्को समस्या नै नभएको दांत फुकालेर पठाई दिएको र किन यसो गरेको भन्दा दुईवटा भन्दा बिरामीले दुईवटा काम गरे पनि हामीले एउटा मात्र दाँतको उपचारको पैसा लिएका छौ भनि हप्काएर पठाएका थिएत ीभन्दै व्यक्तिहरु सम्पर्कमा आएका छन् ।
त्यसैले यो कुरा के हो भनि बुझ्नलाई शुशील गौतमलाई फोन गर्दा फोन काटी दिएको र छोरा साजनलाई सम्पर्क गर्न खोज्दा साजनले पनि त्यही व्यबहार देखाएका छन् ।
प्रतिक्रिया