चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत

शुक्रबार, १८ असोज २०८१, ११ : ५५

काठमाडौं - हालैको बाढीपहिरो र डुबान पीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले  राहत सामाग्री पठाएको छ । राहत सामाग्री मध्यान्ह १२ बजे काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेला जुटाएर हस्तान्तरण गर्न लागिएको बुझिएको छ ।

यसवीच नेपालमा बाढीपहिरोले हालै पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीलेसान्त्वना सन्देश दिएका छन । उनले समकक्षी तथा परराष्ट्रमन्त्री डा। आरजू राणालाई पठाउनुभएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरुको उद्धारका लागि तयार रहेकोे बताएका छन। 


यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक अस्ति गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गरेका थिए ।

शुक्रबार, १८ असोज २०८१, ११ : ५५

प्रतिक्रिया