काठमाडौं - राप्ती राजमार्ग अन्तर्गत अबरुद्ध दाङ– सल्यान सडक खण्ड एकतर्फी खुलेको छ । श्रीरखोलामा सुख्खा पहिरो गएपछि बिहीबार बिहान सवा ९ बजेदेखि अवरुद्ध सडक पौने १२ बजेदेखि एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका –३ स्थित श्रीरखोला नजिकै माथिबाट सुख्खा पहिरो आएपछि सडक अवरुद्ध भएको थियो । सडक सुचारु भएपछि बीचबाटोमै रोकिएका दर्जनौँ सवारी साधनहरू गन्तव्य तर्फ लागेका छन् । विभिन्न समयमा यस सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध हुने गर्दछ ।
प्रतिक्रिया