क्याबिन क्रुको आन्दोलन फिर्ता

आइतबार, २० असोज २०८१, ११ : ३९

 काठमाडौं – नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारकरपरिचारिका) आन्दोलन फिर्ता भएको छ । उनीहरु ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै लिन आन्दोलनमा थिए । 

 संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थीतिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रुले जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।

मन्त्रीसँगको छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ।  त्यसकालागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचारधीन मुद्धा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा  महान्यायाधिवक्तासँग छलफल गर्न दुईपक्ष सहमत भएका छन्।

आन्दोलन फिर्तासँगै विमान परिचालिका एवम् परिचालकहरुले आजैबाट काममा फर्किएका छन्।

निगममा कार्यरत परिचारिकारपरिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वौच्च अदालतमा रिट निवदेन दिएका थिए। उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए। 
 

आइतबार, २० असोज २०८१, ११ : ३९

प्रतिक्रिया