काठमाडौँ - नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज शपथ लिँदै छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा दिउँसो साढे १ बजे सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई शपथ खुवाउन लागिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले १९ असोजदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो ।
शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया