काठमाडौं - डेरी व्यवसायीहरुले भएकाले दूधमा भएको कमजोरीको जिम्मेवारी आफू मात्रै नहुने बताएका छन् ।
डेरी व्यवसायी संघ घोराहीले शनिबार बाह्रकुने दहमा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम गरी गोठदेखि ओठसम्म पुग्दा हुने कमजोरी खोज्न आग्रह गरे । उनीहरुले आफूले भैंसी नपाल्ने भएकोले बीचमा हुने गतिबिधिको सबै जिम्मा आफूहरुले लिन नसक्ने बताएका हुन् । संघका अध्यक्ष मनबहादर बुढाथोकीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले पेशामा इमानदारिता, दुग्धजन्य वस्तुमा गुणस्तरीयता ख्याल गर्न आग्रह गरे । डेरीमा किसान र बिचौलियाबाट दूध आउँदै पानी मिसिएको आउने र अनुगमनमा डेरीमात्रै पर्ने गरेको गुनासो व्यवसायीहरुले गरेका थिए ।
उक्त शुभकामना कार्यक्रममा नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका पूर्व उपाध्यक्ष खेमराज घिमिरे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वली, सहकोषाध्यक्ष माधव खनाल, डेरी व्यवसायी संघका सल्लाहकार विष्णु पोख्रेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष विमल पोख्रेलले र सञ्चालन सचिव शक्ति पौडेलले गरेका थिए ।
प्रतिक्रिया