प्राकृतिक प्रकोपका बेला रक्तदान गर्न पूर्वप्रदेश प्रमुखको आग्रह

आइतबार, २० असोज २०८१, १५ : ३५

काठमाडौँ - मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् । 

काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् । देव कर्नर सेवा समितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत प्रदान गरी महादान गरेको भनी डा।अहिराजलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको छ ।

प्राकृतिक प्रकोपले देशमा रगतको समस्या रहेको भन्दै उनले हरेक जिम्मेवार र सक्षम अगुवाहरुले रक्तदान गरिदिदा एउटा अरुमा पनि हौसला प्रदान हुने धारणा राखेका छन् ।उनले भने, ‘देशमा रगतको समस्या कायम रहेकोले सबै सक्षम जनप्रतिनिधि, समाजका अगुवा, राष्ट्रसेवक र बुद्धिजीवीहरुलाई रक्तदान गरिदिन आग्रह गर्दछु ।’
 

आइतबार, २० असोज २०८१, १५ : ३५

प्रतिक्रिया