हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर देखाइयो:  बुद्ध एयर

आइतबार, २० असोज २०८१, १५ : ४८

काठमाडौँ - बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । 

टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको एयरलाइन्सले जनाएको छ । ‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, एयरलाइन्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ । 

यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइटको टिकट स्टाटसबाट सजिलै चेकजाँच गर्न सक्ने कम्पनीले जनाएको छ । 
 

आइतबार, २० असोज २०८१, १५ : ४८

प्रतिक्रिया