माछापुच्छ्रे क्यापिटलको साधारण सभा कात्तिक १३ गते

आइतबार, २० असोज २०८१, १६ : १६

काठमाडौं - माछापुच्छ्रे क्यापिटल लिमिटेडले कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । 

असोज १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बालुवाटार प्यालेस, बालुवाटार,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आइतबार, २० असोज २०८१, १६ : १६

प्रतिक्रिया