काठमाडौँ - स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।
निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्म समय दिएर दल दर्ताकालागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको छ ।

प्रतिक्रिया