नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

आइतबार, २० असोज २०८१, १८ : १९

काठमाडौँ - नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ ।

चामल – ३६० वोरा, चिउरा – १०० व्याग, मुसुरो दाल – ४० व्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलव्ध गराएको छ । उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री दामोदर भण्डारीज्यूलाई संघका अध्यक्ष श्री विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरीएको थियो ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको छ ।
 

आइतबार, २० असोज २०८१, १८ : १९

प्रतिक्रिया