वचन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

सोमबार, २१ असोज २०८१, १३ : ०९

काठमाडौँ - वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारण सभा एक कार्यक्रका बीच काठमाडौंमा सम्पन्न गरेको छ ।

वागमती प्रदेश बचत र ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा गत शनिवार नेपाल सांस्कृतिक संघको सभाहलमा सहकारीले आफ्नो १५ औँ साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३० का अध्यक्ष तथा वचन सहकारीका संस्थापक अध्यक्ष दलबहादुर सार्की, सहायक प्राध्यापक एवम् संस्थाका सल्लाहकार लक्ष्मण मोहनध्वज जोशी उपस्थित थिए ।

यसका साथै वचन सहकारीका प्रमुख सल्लाहकार डा. देश मर्दन बस्न्यात, प्रमुख कार्यकारी अधिकृत प्रा।डा। मुरारी प्रसाद रेग्मी तथा वचन सहकारीका अध्यक्ष मुकुन्द राज खनाल समुदायका विभिन्न प्रमुख व्यक्तिहरू, सहकारीका सदस्यहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । परम्परागत बैठक समारोहबाट सुरु भएको उक्त साधारण सभाको औपचारिक उद्घाटन भने प्रमुख अतिथिले दीप प्रज्वलन गरेर गरेका थिए । यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष खनालले अतिथिहरूलाई स्वागत र सम्मान गरेका थिए । कार्यक्रममा राष्ट्रगान र सहकारी गीत गाएर सहकारीको एकता र सहकार्यको भावना समेत प्रकट गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष खनालले २०८०\८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका प्रमुख उपलब्धिहरू र गत वर्षका गतिविधिहरूको चर्चा गरेका थिए । यस्तै वित्तीय समितिका समन्वयक बिमल भेठवालले सहकारीको वित्तीय प्रदर्शनको विस्तृत विवरण प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रमको अवसरमा सस्ंथालाई महत्वपुर्ण योगदान पुर्याएको भन्दै बरिष्ठ सदस्यहरु सूर्य पुटुवार, रेनुका बस्नेत, विष्णु माया अर्याल, माईली सापकोटा, मणि बस्नेत, सीता घिमिरे, प्रचण्डमान मल्ल, विष्णुराज घिमिरे, जमुना मानन्धर लगायतलाई सम्मान समेत गरिएको थियो ।

यसका साथै प्रतिभा अर्याल, मिनु पाठक बस्नेत, भीम देवी गजुरेल, जनार्दन केसी, कृष्णा देवी जोशी, सुन्दर मान श्रेष्ठ, नविन कार्की, बिर बहादुर वाइबा, सबिता खड्का, कञ्ची लामा लगायतका सम्मानित सेयर सदस्यहरूलाई संरक्षित पूंजी फिर्ती कोषबाट प्रमाणपत्र र सम्झौतासमेत प्रदान गरिएको थियो । वित्तीय वर्ष २०८०\८१ को उत्कृष्ट कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

जस अन्र्तगत जसमा मञ्जु श्री इंग्लिश बोर्डिङ स्कूल, ललितपुर र मञ्जुश्री स्कूललाई सहकारीका अध्यक्ष खनाल तथा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रमिला अर्याल बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए । यस्तै कार्यक्रममा निता डांगोलले “शैक्षिक सुधारका उपायहरू” विषयक अनुसन्धान पनि प्रस्तुत गरेकी थिइन् । सहकारीले आफ्ना सदस्यहरूको कल्याणमा जोड दिँदै सदस्य राहत कोष वितरण पनि गरेको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जन पनि प्रदान गरिएको थियो । 

जस अन्र्तगत मञ्जुश्री स्कूलका विद्यार्थीहरूले सांस्कृतिक नृत्य र परम्परागत प्रदर्शन प्रस्तुत गर्नुका साथै, सहकारीका सेयर सदस्य लेख बहादुर गुरुङले सुन्दर गायन प्रस्तुत गरेका थिए ।१५ औं साधारण सभा व्यवस्थापन समितिकी समन्वयक शान्ता गौतमले सहभागिता र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उक्त कार्यत्रमको समापन गरिएको थियो ।

सोमबार, २१ असोज २०८१, १३ : ०९

प्रतिक्रिया