मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

सोमबार, २१ असोज २०८१, १६ : ४४

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा मुस्लिम र थारू आयोगका अध्यक्षहरूले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।  

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी आ–आफ्नो आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

सोमबार, २१ असोज २०८१, १६ : ४४

प्रतिक्रिया