काठमाडौँ - नेपाल वायुसेवा निगमले असोज २४ काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने भएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिर जाने÷आउने सडक बाढी र पहिरोले क्षतिग्रस्त भई आवतजावतमा समस्या हुँदा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्ने भएको हो।
नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी ब्घद्दण् जहाजबाट उद्धार उडान गर्न लागिएको निगमले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्धार उडान गर्न लागिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार सोमबार काठमाडौँबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौँ १२ः ३० मा उडान हुनेछ ।
काठमाडौँबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँका लागि ३ हजार ८९० रुपैयाँ लाग्नेछ भने ३० केजी लगेज निःशुल्क लान सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया