निर्वाचन आयोगले गर्‍यो राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेस

मंगलबार, २२ असोज २०८१, १२ : ३८

काठमाडौँ - निर्वाचन आयोगले आर्थिक वर्ष २०८०\०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । 

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको छ । 

मंगलबार, २२ असोज २०८१, १२ : ३८

प्रतिक्रिया