आजदेखि काठमाडौँमा मेलम्चीको पानी छोडिने

मंगलबार, २२ असोज २०८१, १४ : २१

काठमाडौँ - मेलम्ची खानेपानी आयोजनास्थलका स्थानीयसँगको १० बुँदे सहमतिपछि आजदेखि काठमाडौँमा मेलम्चीको पानी छोडिने भएको छ।  

सोमबार बेलुका हेलम्बु पुगेका खानेपानी मन्त्री प्रदीप यादवले आन्दोलनमा उत्रेका स्थानीय ठेकेदार र स्थानीयहरूसँग सहमतिमा हस्ताक्षर गरेका थिए ।  दसैँको समय भएको र स्थानीयसँग सहमति भएकाले मेलम्चीको पानी आजदेखि काठमाडौँ आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

आज २ बजे सुन्दरीजलबाट खानेपानी मन्त्री प्रदीप यादवले  ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ । दैनिक १७ करोड लिटर छाडिने तयारी सरकारले गरेको छ।  

११ असारदेखि मेलम्ची पानी काठमाडौँ पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।  

मंगलबार, २२ असोज २०८१, १४ : २१

प्रतिक्रिया