राष्ट्रिय मानव अधिकार आयोग दसैँमा खुल्ने

मंगलबार, २२ असोज २०८१, १४ : ५२

काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको जनाएको हो  । 

आयोगले यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

मंगलबार, २२ असोज २०८१, १४ : ५२

प्रतिक्रिया