राष्ट्रियसभा अध्यक्ष र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट

मंगलबार, २२ असोज २०८१, १६ : ४२

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूतअलेक्सेई नोभिकोभ ले शिष्टाचार भेट गरेका छन्।

राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानीभएको थियो।

भेटमा अध्यक्ष दाहालले नेपाल-रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। नेपालको संघीय संसदमा नेपाल-रुस संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदान प्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए।

नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको संख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं९मस्को सिधा हवाइ सुविधा सुचारु गर्न पहल गर्नु आग्रह गरे। नेपालको कृषि, प्रविधि र उर्जाको क्षेत्रमा लगानी गर्न रुसी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धन गरि रुसी नागरिकहरुलाई नेपाल भ्रमणको वातावरण बताउन पनि अनुरोध गरे।

रुस-युक्रेन युद्ध भएपछि नेपाली नागरिकहरु विभिन्न माध्यामबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रह स्मरण गराएका थिए।

नेपालमा पर्यटनको सम्भावना धेरै राम्रो भएको उल्लेख गर्दै उनले रुसले लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरुको संख्या वृद्धि हुने उद्यलेख गरे।

मंगलबार, २२ असोज २०८१, १६ : ४२

प्रतिक्रिया