तोकिएको समयमा मात्र होटल खोल्न प्रशासनको निर्देशन

विहीबार, २४ असोज २०८१, ०८ : १२

काठमाडौं -चाडपर्वहरुलाई सुव्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय दाङले सुरक्षा निकालयले निर्धारण गरेको समयमा मात्रै होटेल सञ्चालन गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सार्वजनिक सूचना जारी गर्दै शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको परामर्शमा स्थानीय सुरक्षा निकायले निर्धारण गरे बमोजिमको समयमामात्र होटेल सञ्चालन गर्न आग्रह गरेकी हुन ।

साथै मादक पदार्थलगायत नशालु पदार्थ सेवन गरी पर्वको समयमा सावर्जनिक स्थानमा हो–हल्ला, झै झगडा जस्ता कार्यहरु गरि शान्ति सुरक्षालाई असर पार्ने कार्य नगर्न, मठ, मन्दिरलगायतका स्थलहरुमा अनावस्यक भीड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न, पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं विष्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न, प्रशासनले आग्रह गरेको छ । यदि यस्ता कार्य गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

विहीबार, २४ असोज २०८१, ०८ : १२

प्रतिक्रिया