अनुहारको चाउरी हटाउने यस्तो तरिका

सोमबार, २८ असोज २०८१, १० : ३१

 काठमाडौँ -  आफ्नो अनुहार बेदाग होस् भन्ने चाहना सबैको हुन्छ । तर बढ्दो उमेरसँगै अनुहारमा दाग आउन नदिन निकै ठुलो चुनौती हो । 

उमेर बढ्दै जाँदा अनुहारको छाला नीलो हुन थाल्छ, जसका कारण अनुहारमा दाग र फाइन लाइनहरू देखा पर्न थाल्छन् । तपाई पनि यस्तो समस्याबाट ग्रसित हुनुहुन्छ भने ग्लीसिरिन तपाईँको लागि निकै उपयोगी हुनसक्छ । तपाईं ग्लीसिरिन धेरै तरिकाले प्रयोग गर्न सक्नु हुन्छ । 

चाउरी हटाउन कसरी गर्ने ग्लीसिरिन प्रयोग  ?
फिटकीरी ग्लीसिरिनमा मिसाएर लगाउनाले अनुहारको चाउरी पर्नबाट धेरै हदसम्म रोक्न सकिन्छ । फिटकीरीमा यस्ता तत्त्वहरू पाइन्छन् जसले चाउरीपना हटाउन मद्दत गर्छ । 

ग्लिसिरिन भएको फिटकीरीले टोनर जस्तै काम गर्छ । यसले अनुहारलाई चम्किलो बनाउन पनि मद्दत गर्छ । 

यसका लागि सबैभन्दा पहिले अलिकति पानी उमालेर त्यसमा तुलसीको पात र फिटकीरीको धूलो मिसाउनुस् । त्यसपछि यसलाई छान्नुस् र स्प्रे बोतलमा हाल्नुस् । ग्लीसिरिनका केही थोपाहरू मिसाउनुस् अनि राम्ररी मिलाउनुस् । यसलाई एक दिनको लागि फ्रिजमा राखिदिनुस् । 

राती सुत्नुअघि यसलाई टोनर जस्तै अनुहारमा लगाउन सकिन्छ । लगाउनुअघि अनुहार राम्ररी धुनुस् र सफा गर्नुस् ।

एजेन्सी

सोमबार, २८ असोज २०८१, १० : ३१

प्रतिक्रिया