परिवारवाद विरुद्ध अखिल (क्रान्तिकारी) विद्रोहमा उत्रिदै

सोमबार, २८ असोज २०८१, ११ : ०६

काठमाडौं - अखिल (क्रान्तिकारी) का विद्यार्थीले माउ पार्टी नेकपा (माओवादी केन्द्र ) भित्रको असमान सेवा, सुविधा वितरणको विरोधमा अभियान सुरु गरेका छन् । उनीहरूको मुख्य असन्तुष्टि भनेको एउटै परिवारमा मात्र केन्द्रित भई राजकीय र पार्टीका स्रोत तथा सुविधाहरू लिइनु हो ।

विद्यार्थीहरुको मुख्य असन्तुष्टि पार्टी अध्यक्ष पुष्पकमल दाहालको परिवारप्रति रहेको छ । जसले राज्य र पार्टीको प्रमुख अवसरहरूमा लगातार पहुँच राख्दै आएको छ ।

यसबाहेक,  धेरै पटक मन्त्रीसहित महत्वपूर्ण पदमा नियुक्त भएका  केही उपह.महाचिव लगायतका नेताहरुप्रति पनि विद्यार्थीृहरुको असन्तुष्टि रहेको छ ।  शक्तिकाे दुरूपयाेग गर्दै  जनार्दन शर्मा, शक्तिवहादुर बस्नेत र वर्षमान पुनले

शक्ति र स्रोतको पहुँचमा सिण्डिकेटजस्तो अवस्था सिर्जना भएको देखिन्छ ।2

अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले माओवादी केन्द्रमा भएको यो सिण्डिकेट प्रणालीलाई भौतिक उत्प्रेरणा र अवसर लिने प्रवृत्ति भन्दै आलोचना गरेका छन् । पार्टीको ३७ वर्ष लामो नेतृत्वमा रहेका पुष्पकमल दाहालले पछिल्लो समयमा आफ्नो नेतृत्वमा पार्टी अस्तित्व नै जीर्ण हुँदै गए पनि शक्ति र स्रोतमा उनको पकड अझै प्रबल छ ।

सबैभन्दा चाखलाग्दो कुरा के छ भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी सम्मेलनमा उमेर हदको प्रस्ताव गरेपछि यो अभियान सुरु भएको हो । विद्यार्थीहरूले त्यसको प्रतिक्रियामा सामाजिक सञ्जालमार्फत उमेरमा मात्र किन अवसरमा पनि हद लगाइनुपर्छ भन्दै अध्यक्ष प्रचण्ड र अन्य पटकपटक अवसर लिने नेताहरूको विरुद्ध अभियान सुरु गरेका छन् ।1

विद्यार्थीहरूको सामाजिक सञ्जालमा चलाइएको यो अभियान पार्टीभित्रको असमानताप्रति जागरुकता ल्याउने मात्र नभई नेतृत्वमा रहेका पुराना अनुहारहरूको निरन्तर प्रभुत्वको विरोधमा हो । यस्तो अभियानले पार्टीलाई आन्तरिक सुधारतर्फ उन्मुख गर्न थप दबाब सिर्जना गर्न सक्छ ।

माओवादी केन्द्रभित्र लामो समयदेखि देखिँदै आएको परिवारवादी, सिण्डिकेट शैलीको नेतृत्वलाई खुला चुनौती दिने विद्यार्थीहरूको महत्वपूर्ण प्रयास हो । यसले पार्टीको आन्तरिक राजनीतिमा असन्तोषको गहिरो तहलाई उजागर पनि उजागर गरेको छ । जहाँ नेता र तिनका परिवारहरूले राज्य र पार्टी स्रोतमा एकाधिकार जमाउँदै आएका छन् । विद्यार्थीहरुको अभियानले सबैभन्दा सकस अध्यक्ष प्रचण्ड र उनको गुटलाई परेको बताइन्छ । यो गुटको कारण पार्टीको शाख गिर्दै गएको र आगामी चुनावमा झनै खस्किने विद्यार्थी नेताहरु बताउँछन् । यही गुटका कारण आधारभूत वर्गका जनतासँग पार्टीको सम्बन्ध विच्छेद हुँदै गएको माओवादी नेताहरुको भनाइ रहेको छ । 

3

सोमबार, २८ असोज २०८१, ११ : ०६

प्रतिक्रिया