नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापतको रकम भुक्तानी

विहीबार, ०१ कार्तिक २०८१, १२ : ३४

काठमाडौँ - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी आश्विन ३० गते त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी हो  । 

निगमले वर्तमान व्यवस्थापनले नेतृत्वले सम्हालेपश्चात आश्विनसम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको हो ।

विहीबार, ०१ कार्तिक २०८१, १२ : ३४

प्रतिक्रिया