बालुवाटारमा प्रमुख दलका नेताहरूको बैठक सुरु

विहीबार, ०१ कार्तिक २०८१, १४ : ०८

काठमाडौं - बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् ।

बैठकमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

 

 
 

विहीबार, ०१ कार्तिक २०८१, १४ : ०८

प्रतिक्रिया