गैरआवासीय नेपाली नागरिकता लिएकाहरूको विवरण माग

विहीबार, ०१ कार्तिक २०८१, १६ : ३५

काठमाडौँ - निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरेको छ । 

स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि बिहीबार बसेको बैठकको निर्णयले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण माग गरेको हो । 

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । 


ggg

विहीबार, ०१ कार्तिक २०८१, १६ : ३५

प्रतिक्रिया