उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

विहीबार, ०१ कार्तिक २०८१, १६ : ३९

काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको

विहीबार, ०१ कार्तिक २०८१, १६ : ३९

प्रतिक्रिया