प्रतिपक्षी नेताले बोलाए विपक्षी दलहरूको बैठक

शुक्रबार, ०२ कार्तिक २०८१, ०९ : ४०

काठमाडौँ - संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । 
बैठक  संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु भएको छ ।  बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
ओली सरकार सम्पूर्ण रुपमा असफल भएकोले विपक्षी दलहरु आन्दोलनमा जाने समाचार आएसँगै बस्न थालेको सो बैठकको विशेष महत्व रहेको बताइएको छ ।
 

शुक्रबार, ०२ कार्तिक २०८१, ०९ : ४०

प्रतिक्रिया