पुनः नियमित सञ्चालनमा आयो मनकामना केबलकार

शुक्रबार, ०२ कार्तिक २०८१, १६ : ०४

काठमाडौँ - मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । 

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।  
 
उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको थियो  । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।
 

शुक्रबार, ०२ कार्तिक २०८१, १६ : ०४

प्रतिक्रिया