बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति

शनिबार, ०३ कार्तिक २०८१, १६ : २४

काठमाठौँ - गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड  बराबरको भौतिक क्षति भएको छ । 

साथै सिँचाइ प्रणालीमा पु¥याएको क्षतिका कारण सिँचाइको कार्यमा  समस्या उत्पन्न भएको कार्यालयले जनाएको छ । बाढीले सो कार्यालयअन्र्तगत झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको (बैक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा  हेडवक्र्समा क्षति पु¥याएको बताइएको छ ।

झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको  झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरुपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ । रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो । 

उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९\४० बाट सुरु भई २०४४\४५ बाट कार्यान्वयनमा आएको  बताइएको छ । कार्यालयअन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ ।  

रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएको छ । अर्थात सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पु¥याउँदै आएको कार्यालयले जनाएको छ ।  सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालयले जनाएको छ ।
 

शनिबार, ०३ कार्तिक २०८१, १६ : २४

प्रतिक्रिया