कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, ०३ कार्तिक २०८१, १७ : ४०

काठमाडौँ - नवलपरासी नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । 

शनिबार, ०३ कार्तिक २०८१, १७ : ४०

प्रतिक्रिया