काठमाडाैँ- नेपाल भूपरिवेष्ठित राष्ट्र हो। उत्तरमा चीन र पूर्व ,पश्चिम र दक्षिणमा भारतको सीमाहरु छन्। दुबै देश तर्फका नाकाहरुबाट करिब खर्ब बराबरका सामानहरु आयात र निर्यात हुदै आएका छन्। दक्षिण तर्फका नाकाहरू भनेको नेपालको व्यपारमा विशेष महत्व बोकेको नाकाहरू हुन् । नेपालमा करीब ८० प्रतिशत समान आयात र निर्यात यहि नाकाहरू बाट हुने गरेको पाइन्छ । यी नाकाहरूले नेपालको राजस्व सङ्कलनमा विशेष भूमिका खेलेको छ। मेची ,विराटनगर ,राजविराज ,ठाडी जनकपुर,गौर,बिरगंज ,त्रिबेणी ,महेशपुर ,भैरहवा ,सुनौली ,कृष्णनगर,कोइलाबास,नेपालगन्ज, राजापुर,सेती कैलाली ,कन्चनपुर लगायतका भन्सार कार्यालयहरु भारतसँग सीमा जोडिएका भन्सार कार्यालयहरु हुन्।
तर, केहि बर्ष देखि यी सबै भन्सार कार्यालयहरु आफ्नो राजस्व लक्ष्य भन्दा ३० देखि ३५ प्रतिशत कम राजस्व सङ्कलन गर्दै आएका छन् । नेपाली अर्थतन्त्र मेरुदण्ड नै आयातित वस्तुबाट सङ्कलन हुने राजस्व हो। त्यसैले राजस्व सङ्कलन गर्नु नै अर्थतन्त्र मजबुत हुनु हो। तर केहि बर्ष देखि यी कुनै पनि कार्यालय आफ्नो लक्ष्यीत राजस्वको आसपास पनि राजस्व सङ्कलन गर्न सकेको देखिदैन लक्षित राजस्व भन्दा ३० देखि ३५ प्रतिशत कम राजस्व सङ्कलन हुँदा सरकारलाई आफ्नो खर्च धान्न पनि गाह्रो भइरहेको छ । सरकारले जति सुकै नयाँ राजस्व सङ्कलन नीति लिए पनि राजस्व चुवावट भने रोकिएको छैन।
कसरी हुन्छ चुवावट ?
यी सबै नाकाहरु भारतको खुल्ला सीमामा पर्ने भएको ले चोरी–निकासी सजिलै हुने गरेको छ। सरकारले चोरी–निकासी नियन्त्रणको जिम्मा राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरी बल लाई दिएको छ। तर पनि चोरी–निकासी नियन्त्रण भएको छैन। कारण व्यवस्थित राजस्व तस्करी। तस्करी गर्ने तस्कर र राजस्व चुवावट रोक्न खटिएका राजस्व अनुसन्धान र सशस्त्र प्रहरी बलको कर्मचारी देखि अफिसर सम्मको हिमचिम देन्छि , यस्ता डिलहरु महिनाबारीमा हुने गरेको छ ।
कसरी हुन्छ तस्करी ?
नेपाल सरकारले विभिन्न सामानहरुको आयातमा भन्सार शूल्क निर्धारण गरेको छ। तर, पैसा कमाउनका लागि सीमावर्ती क्षेत्रबाट विना भन्सार नै निकायका कर्मचारी सेटिङ्गमा गाडी नै पास हुने गरेको छ, केहि सामानहरु भन्सार भएको गाडीमा लुकाएर भन्सार फारममा उल्लेख नगरी भन्सार कर्मचारीसँगको सेटिङमा चेक–जाँच नै नगरी हुनेगरेको छ। खुल्ला सीमाबर्ती क्षेत्र भएकोले राती सामान बोकाएर नेपाली भूमिमा ल्याई यात्रुबाहक बसमा हालेर नेपालको विभिन्न शहर हरुमा तस्करी हुनेगरेको छ। यो सबै कुरा विभागलाई थाहा नभएको भने हैन तर, काममा खटिएका कर्मचारीहरु केहि पैसाको लोभमा वेवास्ता गर्छन् । तस्करका सामान समाएको जस्तो पनि हुन्छ, गोप्य कोठामा पैसाको बार्गेनिंङ हुन्छ अनि सानो दफा र जरिवानामा छुट्छन। यो सबै ,“तँ दौडेजस्तो गर,म लखेटे जस्तो गर्छु,“ भने जस्तै हो। तर, पनि सरकार मौन छ,कानूनमा कडाई छैन, किनभने यी विभागमा सरुवाको लागि तिनै कर्मचारी र प्रहरी हरुले मोटो रकम बुझाएर आएका हुन्छन्।
कति तस्करी ?
नेपालमा हरेक आ.ब २०८०\८१ मा भन्सारबाट राजस्वमा करीब ६ खर्ब संकलन गन लक्ष्य राखेको थियो। यो लक्ष्य महत्वकांक्षी लक्ष्य भने होइन । सरकारले सबै तथ्यांक हेरेर लिएको लक्ष्य हो। तर, आ.ब २०८०\८१ मा जम्मा ४.२ खर्ब सङ्कलन भएको छ। किन हुन सकेन लक्ष्य अनुसारको संकलन कहाँ गयो १.८खर्ब रुपैयाँ ? यो सबै पैसा कर्मचारी,तस्कर ,व्यापारी ,सेटिङ्ग र बिचौलिया देखि नेता सम्मको खल्तीमा परेको छ। त्यसैले यसलाई व्यवस्थित राजस्व तस्करीभन्दा केहि फरक पर्दैन।
के–के हुन्छ तस्करी ?
आयात हुने विभिन्न ब्राण्ड(जस्तैः नाइकि , एडीडास, पूमा ,) का जुत्ता,ब्याग ,तयारी पोसाक। महिलाहरुको तयारी पोसाक, भाइरल साडी , सृङ्गारका सामान,मोटरसाईकलका पार्ट्स ,हेभी गाडीका पार्ट्स, भाडाजन्य बस्तु, दैनिक उपभोगका सामानहरु । सरकारले अबैध सूचीमा राखेको विदेशी ब्राण्डका रक्सी ,चूरोट,प्लाष्टिकका फूल , लागुऔषध, रासायनिक मल, निर्यात हुनेहरु सुन,भेप, जनावरका छाला ,दारा,नग्रा,सिंग; काठ, भारतको बिहार राज्यमा रक्सी इत्यादि भइरहेको पाइएको छ । चाडपर्व आउदैछ तस्करी झनै बढ्दै छ । अनुगमन गर्ने निकाय विभाग मौन छ ,राजस्व चुवावट छ,सरकारको खर्च धान्न ऋणको साहारा लिनु परेको छ । देशमा महँगी बढ्दो छ, परिवार पाल्नकै लागी युवाले देश छाड्नु परेको छ। तर पनि रोक्न असफल छ सरकार । यहि हो यो सरकारको समृद्ध नेपाल ?
अर्जुन गौतमका निजी विचार हुन् ।
प्रतिक्रिया