कालीगण्डकी नदीमा पक्की पुल निर्माण

आइतबार, ११ कार्तिक २०८१, १४ : ५९

काठमाडौँ- कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

आइतबार, ११ कार्तिक २०८१, १४ : ५९

प्रतिक्रिया