पाचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।
गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको थियो । अज्ञात समूहले बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो । हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।
प्रतिक्रिया