काठमाडौं- जजिरा एयरवेजको विमान भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अवतरण गरेको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको छ। जजिराले मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ।
०७९ जेठ २ मा जजिराले त्यहाँबाट पहिलो उडान भरे पनि बीचमा विभिन्न कारणले रोकेको थियो।
प्रतिक्रिया