पाथीभरा केवलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

शनिबार, २४ कार्तिक २०८१, १० : ३८

काठमाडौं- ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शिलान्यास गरिएको छ ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शुक्रबार शिलान्यास गरेका हुन्।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको हो।  निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र निर्माण सम्पन्न हुनेशिलान्यास कार्यक्रममा बताएका थिए।

शनिबार, २४ कार्तिक २०८१, १० : ३८

प्रतिक्रिया