सिंगटी हाइड्रो इनर्जीको नाफा ११३.०५ प्रतिशतले बढ्यो

सोमबार, २६ कार्तिक २०८१, ११ : ४८

काठमाडौँ - सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेको छ । असोज मसान्तसम्मको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा पुगेको छ। 

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ। २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ६ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसा, प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसार मूल्य आम्दानी अनुपात १६.५४ गुणा रहेको छ।

सोमबार, २६ कार्तिक २०८१, ११ : ४८

प्रतिक्रिया