पहिलो त्रैमासमा चार लेन सडक ५.५ किलोमिटर कालोपत्रे

सोमबार, २६ कार्तिक २०८१, १२ : ५४

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार लेन सडक ५.५ किलोमिटर कालोपत्रे गरिएको छ । 

सरकारले चार लेन सडक निर्माण गर्ने १२० किलोमिटर वार्षिक लक्ष्य लिएकोमा तीन महिनामा ५.५ किलोमिटर चार लेन सडक कालोपत्रे गरेको हो । यससँगै देशभर कालोपत्रे गरिएको चार लेन सडक २२८.५ किलोमिटर पुगेको छ । 

देशैभर चारलेनको सडक ३४३ किलोमिटर रहेकोमा अब लक्ष्य भेट्न ११४.५ किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिएको छ । 
 

सोमबार, २६ कार्तिक २०८१, १२ : ५४

प्रतिक्रिया