काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सरकारले २७ किलोमिटर दुई लेन सडक कालोपत्रे गरेको छ ।
देशैभर वार्षिक ८०० किलोमिटर कालोपत्र गर्ने लक्ष्य लिएकोमा साउनदेखि असोज मसान्तसम्ममा तीन प्रतिशत मात्रै दुई लेन सडक कालोपत्रे गरेको छ ।
यस सँगै देशैभर कालोपत्रे भएको दुई लेन सडक १८ हजार ३९४ किलोमिटर पुगेको सडक विभागले जनाएको छ । सरकारले देशैभरमा कालोपत्रे दुई लेन सडक १९ हजार १६७ किलोमिटर पुर्याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया