तीन महिनामा ११ वटा मोटरेबल पुल निर्माण

मंगलबार, २७ कार्तिक २०८१, १३ : ४४

काठमाडौँ - सरकारले चालु वर्ष २०८१\८२ को साउनदेखि असोज मसान्तसम्ममा ११ वटा मोटरेबल पुल निर्माण गरेको छ । 

वार्षिक लक्ष्य १५० रहेको तीन महिनामा ११ वटा पुल निर्माण सम्पन्न गरेको सडक विभागले जनाएको छ । देशैभर ३ हजार ५६९ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म  ३ हजार ४३० मोटरेबल पुल  निर्माण भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

मंगलबार, २७ कार्तिक २०८१, १३ : ४४

प्रतिक्रिया