काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये १२ कम्पनीले लाभांश घोषणा गरेका छन् ।
सगरमाथा जलविद्युत, बिन्द्याबासीनि हाइड्रोवर, अपि पावर, अरुण भ्याली, रु रु जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, साहज उर्जा लिमिटेड, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर, सुपरमाइ हाइड्रोपावर र सीईडडिबी हाइड्रोपावरले गत आ.व.को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
भगवती हाइड्रोपावरले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश र चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने भएको छ ।
रु रु जलविद्युतले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८ प्रतिशतसहित १५.७८ प्रतिशत लाभांश लाभांश दिने भएको छ ।
सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनश र ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
माण्डु हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोेनश सेयर दिने घोषणा गरेको हो ।
विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
सगरमाथा जलविद्युतले बोनश र नगदसहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अपि पावर कम्पनीले ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ ।
सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत नगद र ०.२६३ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ ।
साहज उर्जा लिमिटेडले ८ प्रतिशत बोनश र ०.४२ नगदसहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
अरुण भ्याली हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सुपरमाई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
लाभांश घोषणा गरेका यी १२ कम्पनीमध्ये १ कम्पनीको मात्रै बुक क्लोज हुन बाँकी छ । बुक क्लोज हुन बाँकी सुपरमाइ हाइड्रोपावर रहेको छ । अझैपनि सुपरमाई हाइड्रोपावरको सेयर किन्दा प्रस्तावित लाभांश पाइने छ ।
प्रतिक्रिया