काठमाडौँ - सुपरमाई हाइड्रोपावरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा लिसरा रिसेप्सन प्रालि, नक्साल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया