काठमाडौँ - साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको म्याद थप गरेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ‘फेक डकुमेन्ट’ को सहारा लिएर प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया