भन्सार छलेर ल्याएको  १०२ बोरा लसुन बरामद

बुधबार, ०५ मंसिर २०८१, १५ : २५

काठमाडौँ- भन्सार छली ल्याइएको १०२ बोरा चाइनिज लसुन प्रहरीले बरामद गरेको छ ।  प्रहरी कार्यालय पर्साले करिब ४ लाख ८० हजार मूल्य बराबरको चाइनिज लसुन बरामद गरेको हो । 

पर्सा विन्दवासिनी गाउँपालिका वडा नं ३ झौवास्थित हाल नाम थर  नखुलेको व्यक्तिको कुखुरा फर्मबाट गए राति पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले लसुन बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा कुखुरा फर्ममा भन्सार छली चोरी निकासी गर्नको लागि अनाधिकृत रूपमा भण्डारण गरी राखिएको अवस्थामा १ हजार ७८० किलोग्राम लसुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लसुन थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

बुधबार, ०५ मंसिर २०८१, १५ : २५

प्रतिक्रिया